
काठमाडौं । नेपाल सरकारले सरकार देश चलाउन पुन आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको छ । आइतबार जारी गरेको सूचना अनुसार नेपाल राष्ट्र बैंकले फेरि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको हो ।
राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी विल्समार्फत आन्तरिक ऋण उठाउन लागेको छ । कात्तिक ४ गते आन्तरिक ऋण उठाइनका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंक मार्फत यो दोस्रो पटक आन्तरिक ऋण उठान लागेको हो । राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइने तयारी गरेको छ ।
राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये ७ अर्ब २० करोड नवीकरण गर्नु पर्ने छ । राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण मार्फत सरकारलाई आवश्यक पर्ने रकम उठाइदिँदैछ । योमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ ।
प्रतिक्रिया दिनुहोस