aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साधारण सभा स्थगित भएपनि माछापुच्छ्रे बैंकले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
साधारण सभा स्थगित भएपनि माछापुच्छ्रे बैंकले लाभांश दिने

काठमाडौं । कात्तिक ६ गतेको लागि तय गरेको २२ औं वार्षिक साधारण सभा स्थगित गरेको माछापुच्छ्रे बैंकले आगामी साधारण सभामा अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने भएको छ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवम् दशै तिहारलाई मध्यनजर गरी २ दशमलव ८५ प्रतिशतका दरले रू. २४ करोड १० लाख ८० हजार ६६० दशमलव २५ अन्तरिम लाभांश दिने भएको हो । 

बैंकले सुचना कोरोना संक्रमण बृद्धि भैरहेको र दशै नजिक भएकाले सदस्यहरु सहभागी हुन समस्या हुने भन्दै सभा स्थगित गरेको हो । सभाले बैंकको सञ्चालक समितिले असोज १ गते प्रस्ताव ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम थियो । 

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने कार्यक्रम थियो । साथै , सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन समेत सभा गर्ने कार्यक्रम थियो । उल्लेखित सबै प्रस्तावहरु यथावत रहने गरी बैंकले अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गरेको हो । 

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । यस आधारमा असोज २१ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन्् । 
 

प्रतिक्रिया दिनुहोस