aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकर अनिल शाहलाई पनि कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
बैंकर अनिल शाहलाई पनि कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि खाने कुरामा स्वाद हराएपछि परीक्षण गरेर आइसोलेसनमा बसे पनि पीसीआरको रिपोर्ट नेगेटिभ आएको थियो । तर, पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस