aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सिभिल लघुवित्तको लिलामी शेयर भर्ने अवधि सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
सिभिल लघुवित्तको लिलामी शेयर भर्ने अवधि सकियो

 काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि लिलामी प्रकृयाबाट विक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने अवधि सकिएको छ । कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समूहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो  ।

 यसअघि साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको थियो । खरिद कर्ताहरुले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो । विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस