aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नबिल बैंकको कोरोना सञ्देश भिडियो भाइरल हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
नबिल बैंकको कोरोना सञ्देश भिडियो भाइरल हुँदै

काठमाडौं ।  कोरोना महामारी दिनप्रतिदिन बढीरहेका बेलामा नबिल बैंकले कोरोना भाइरसको जनचेतनामूकल संदेश बोकेको भिडियो सार्वजनिक गरेको  छ । कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त भिडियो नबिल बैंकले घटस्थापनाका अवसरमा शनिबार सार्वजनिक गरेको हो । 

दशैंको सन्दर्भलाई लिएर निर्माण गरेको ३ मिनेट २६ सेकेण्डको भिडियोमा चाडपर्वमा बालबालिकाले गर्ने अपेक्षा र अभिभावकले गर्ने जिम्मेवार कोरोना संक्रमित भए पनि अनलाइन बैंकिङ मार्फत सजिलै सपना पुरा गर्न सकिन्छ भन्ने संदेश रहेको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिए । 

उक्त संदेशमूकल भिडियो अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रयि भइरहेको बैंकका प्रबन्धक सुवेदीले जानकारी दिए । उनले सामाजिक सञ्जालमा फेसबुकमा  ४ लाख ११ हजारले हेरिसकेका छन् भने यूटूवमा ६ हजारभन्दा बढीले उक्त भिडियो हेरेका छन् । 

उनका अनुसार कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेकाले उनीहरुको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाएका हुन्।

बैंकका कर्मचारीहरु ग्राहकहरु सबै संक्रमित भइरहेका छन्। नेपालीहरुको ठूलो चाड दसैँ आजदेखि सुरु भयो। यस्तो अवस्थामा आफ्ना सेवाग्राहीलाई सामाजिक सन्देश दिनुपर्छ भन्ने लागेर नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त टिभिसी तयार गरेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस