काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको सोमबार सम्पन्न संयुक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७४÷७५ को मुनाफबाट बोनसपश्चात कायम चुक्तापूँजीको आधारमा करसहित २.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको छ । कर प्रयोजनका लागि कम्पनीले ०.१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस