aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

फ्रस्र्ट माइक्रोफाइनान्सको नाफा करिब ११ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
फ्रस्र्ट माइक्रोफाइनान्सको नाफा करिब ११ प्रतिशत वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबैभन्दा पहिला फष्र्ट माइक्रोफाइनान्सले सार्वजनिक गरको छ । सोमवार सार्वजनिक भएको वित्तीय विवरण अुनसार पहिलो त्रैमाससम्म कम्पनीले रू. २ करोड ९७ लाख १६ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्म रू. २ करोड ६८ लाख ३८ हजार रहेको थियो । गत वर्र्षभन्दा यस वर्ष पहिलो त्रैमासमा कम्पनीको नाफा १० दशमलव ७२ प्रतिशत बढी भएको हो ।

यस वर्ष ११ दशमलव ३६ प्रतिशत बढी रू. ४ करोड ७१ लाख ६८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ३२० प्रतिशत बढी रू. ४९ लाख ४० हजार रकम छुट्याएको छ । सम्भावित जोखिम शिर्षकमा यो वर्ष बढी रकम छुट्याएकाले नाफामा बृद्धि कम भएको हो । कम्पनीले ९ दशमलव ५० प्रतिशत बोनसपछि चुक्तापूँजी रू. ८७ करोड ६८ लाख ११ हजार पु¥याएको छ । 

जगेडा कोष रकम पनि गत वर्षभन्दा २३ प्रतिशत बढी रू. १६ करोड ६० लाख ७३ हजार कायम गरेको छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशत बढी रू. ५ अर्ब ९४ करोड ८१ लाख ९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थासँगै कर्जा सापटी लिएर ७ दशमलव २५ प्रतिशत बढी रू. ६ अर्ब ३ करोड १७ लाख ६८ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ भने प्रतिशेयर आम्दानी १३ रूपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रूपैयाँ ९४ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस