
काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जीसँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रुपैयाँ बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।
बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशन (IFC) द्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेड (BO2) ले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा ५ करोड रुपैयाँ र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा ५ करोड रुपैयाँ बराबरको लगानी रहेको बैंकले जनाएको छ । एनएमबी बैंकले प्रदान गर्ने १६ करोड रुपैयाँ बराबरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडिको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो ।
यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९,८२४ मेट्रिक टन वरावरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुने जनाइएको छ ।
वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडि जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी संझौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।
यस कार्यक्रमवारे जानकारी प्रदान गर्न आयोजना गरिएको भर्चुअल प्रेस बैठकमा बोल्दै द्यगकष्लभकक इहथनभल९द्यइद्द० का प्रमुख कार्यकारी अधिकृत सिद्धांतराज पाण्डेले भने “यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो । यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुुक भित्र नै कोईलाको विकल्प तयार हुने छ ।
सो अवसरमा बकस रिन्युएवल ईनर्जी प्रा. लि. का अध्यक्ष सन्तोषमणि नेपालले भने “यो परियोजना नेपालको लागि अत्यन्त्य सान्दर्भिक छ । यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष ईन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने छ। ”
बकस रिन्युएवल ईनर्जी प्रा. लि. का कार्यकारी निर्देशक श्री कुवेरमणि नेपालले “ईन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतमा भएका नाकाबन्दीका कारण नेपालीले जुन दुःख सहनु पर्यो त्यो अत्यन्तै दुःखदायि सम्झना छ र सोबाट पाठ सिक्दै नेपालले आप्mना देशमा खेर गईरहेको वायोमास उपयोग गरी नविनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको वताए । ”
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबी बैंकले उक्त सहकार्यसँगको विषयमा आफ्नो धारणा अघि सार्दै भने “कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने लक्ष्य भएको द्यइद्द को लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त गौरवान्वित छौं ।’
एनएमवि वैक पार्टनरसिप फर कार्वन अकाउन्टीङ्ग फाईनान्सियलको एशियाबाट प्रतिनिधित्व गर्दैनिर्देशक समितिको सदस्य रहेको, गुणस्तरीय वैकिंग सम्वन्धी ग्लोवल एलायन्स फर बैंकिङ अन भ्याल्लूजको सदस्य समेत भएको नाताले व्यवसायिक अवधारणामा नवीकरणीय ऊर्जाका परियोजनाहरू, साना तथा मझौला उद्योगहरु, कृषि व्यवसाय र पर्यावरणीय सुरक्षामा केन्द्रित परियोजनाहरू प्राथमिकता भित्र पर्ने एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
प्रतिक्रिया दिनुहोस