aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिलाले ल्यायो “बचत पनि विमा पनि” योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
सांग्रिलाले ल्यायो “बचत पनि विमा पनि” योजना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले “बचत पनि विमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । 

जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् । 

जुन खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७∞ ब्याज प्राप्त गर्न सक्नेछन भने न्यूनतम मौज्दात रु. ५ हजार, रु.१५ हजार तथा रु. २५ हजार रहेका छन् । 

यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्ने जनाएको छ । 

यसरी सांग्रिला डेभलपमेन्ट बैंकले  बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो नयां बचत खाता योजनाको  थालनी छ । 
 

प्रतिक्रिया दिनुहोस