
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।
२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटीसी र एनसेलको मोवाइल नम्बरमा १०० रुपैयाँ बराबरको रिचार्ज ९ टपअप ० गरिदिने बैंकले जनाएको छ ।
यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्ग लाई बैकिङ्ग सेवाहरु प्रदान गर्र्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस