aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
अर्थतन्त्र

दशैंले निक्षेप र ऋण पुनःसंरचनाले कर्जा बढायो, असोजमै १२२ अर्ब कर्जा प्रवाह र १३८ अर्ब निक्षेप संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
दशैंले निक्षेप र ऋण पुनःसंरचनाले कर्जा बढायो, असोजमै १२२ अर्ब कर्जा प्रवाह र १३८ अर्ब निक्षेप संकलन

काठडमाडौं । असोज महिनामा वािणज्य बैंकहरूले १ खर्ब २२ अर्ब कर्जा प्रवाह र १३८ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरूले यो कर्जा प्रवाह र निक्षेप संकलन असोज २ गतेदेखि ३० गतेसम्म गरेका हुन् । दशैं नजिकिएसँगै बैंकले कर्जा प्रवाहलाई तिब्रता दिएका कारण ऋण लगानी उच्च दरले बढेको हो । पहिलो त्रैमासको अन्तिम सातामा बैंकहरूले कर्जाको ब्याज तथा किस्तालाई पुँजीकरण गर्दा बैंकहरूको कर्जा विस्तार भएको हो । 

ब्याज र किस्ता पुँजीकरण गर्दा बैंकहरूको नाफामा पनि उल्लेख सुधार हुने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीको ब्याज र किस्तालाई पुनः संरचना गरी पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेसँगै बैंकहरूले यसको उचित फाइदा लिन पाएका हुन् । 

बैंकहरूले कोभिड शुरु भएयता कर्जा प्रवाह गर्न नसक्दा  संकलन भएको निक्षेप समेत त्यति कै बैंकहरूमा नै थन्किएर बसेको थियो । यद्यपि कोभिड महामारी कै बीच असोज महिनामा भने बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढेको छ । नजिकिएको दशैं र आर्थिक वर्षको पहिलो त्रैमास भएका कारणले बैंकहरूको कर्जाको पुनः संरचना गर्दा कर्जा प्रवाह बढ्न गएको हो । 

बैंकहरूले चैतदेखि नै खासै कर्जा विस्तार गर्न नसकेको र असोजमसान्तमा पुरानो कर्जाको ब्याज पुँजीकरण समेत भएकोले कर्जा प्रवाह बढेको देखिएको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकुत भुवन दाहालले बताए ।

‘चैतदेखि कर्जा बढेको थिएन, पेन्डिङमा रहेका कर्जा प्रवाह हुुनुका साथै आर्थिक गतिविधि समेत बढेको छ,’ उनले भने ‘सरकारले गतिविधि बन्द नगर्ने भनेकाले पनि अब तिहारपछि कर्जाको माग अझ बढ्छ ।’

साथै राष्ट्र बैंकले कुल कर्जाको २० प्रतिशतसम्म पुनः कर्जा लिन पाउने व्यवस्था गरेकाले पनि ऋणी ऋण बढेको उनले बताए । सम्भवतः कोभिडबाट अति प्रभावित उद्यमी व्यवसायीले बैंक तथा वित्तीय क्षेत्रमा रहेको कर्जा तिर्नको लागि थप लोन लिएको पनि हुन सक्ने उनको अनुमान छ । 

वाणिज्य बैंकहरूले असोजको अन्तिम सातामात्र ७१ अर्ब रुपैयाँले ऋण बढाएका छन् । असोजको २३ गतेसम्म २९ खर्ब ६४ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका बैंकहरूले ३० गतेसम्म यो बढेर ३० खर्ब ३५ अर्ब रुपैयाँमा पुगेको छ । असोज लगोपछि विस्तारै बढ्न थालेको बैंकको कर्जा प्रवाह अन्तिम साता अझ बढीले बढेको हो ।

यसैगरी, असोज ३० गतेसम्ममा वाणिज्य बैंकहरूले ३६ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका छन् । २७ वाणिज्य बैंकले असोज ३० गतेसम्म ३० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

पहिलो त्रैमासिक अवधिमा बैंकहरुको निक्षेप संकलनमा पनि उल्लेख्य सुधार भएको छ । अहिलेको निक्षेप संकलनमा सबैभन्दा धेरै योगदान रेमिट्यान्स रहेको छ । दशैं तिहारजस्ता चाडपर्वमा अन्य समयको भन्दा बढी रेमिट्यान्स भित्र्नाले निक्षेपमा समेत उल्लेख्य वृद्धि भएको हो । साथै दशैंमौ कर्मचारीको तलब भत्ता खातामा आउँदा पनि बैंकहरूको निक्षेप बढेको हो ।

प्रतिक्रिया दिनुहोस