
काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (१ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ ) वितरण गर्ने प्रस्ताव गरिएको छ ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ र करप्रयोजनका लागि १ प्रतिशत नगद लाभांश ९ करोड ७२ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।
बैंकले गत आ.व. २०७६÷७७ मा प्रति शेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरूमध्ये यस बैंकले २.४९ प्रतिशत ( ७.५२ करोड रुपैयाँ ) को वृद्धि सहित ३ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।
बैंकको आ.व. २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा २४ अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम १७४ अर्ब रुपैयाँ पुगेको छ । अन्य वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ ।
समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब ३२१ अर्ब रुपैयाँ मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत ( २४ अर्ब रुपैयाँ ) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो ।
साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २११ अर्ब रुपैयाँ पु¥याउन बैंक सफल भएको बैंकले जनाएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ ।
साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब ४८३ अर्ब रुपैयाँ मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (३८ अर्ब रुपैयाँ ) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको बैंकले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस