aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

मेगा बैंकको डिजिटल दक्षिणा, तीनमा तीन सय क्यास ब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
मेगा बैंकको डिजिटल दक्षिणा, तीनमा तीन सय क्यास ब्याक

काठमाडौं । मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि नयाँ स्किम सार्वजनिक गरेको  छ ।  बैंकले कोरोना महामारीको संक्रमणलाई कम गर्नका लागि डिजिटल  ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको हो। 

कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने बैंकले जनाएको छ । 

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ। 

दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ। तर, रकम पठाउँदा विवरण (रिमार्कस)  मा ‘दक्षिणा’ भनी खुलाउन बैंक जारी गरेका विज्ञप्तिमा उल्लेख  छ ।  

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणास्वरुप रकमान्तर गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस