aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभोर अग्रवाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभोर अग्रवाल

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको नयाँ सञ्चालकमा विभोरकुमार अग्रवाल नियुक्त भएका छन् । संस्थाको असोज २२ गते बसेको संचालक समितिको ८४ औं बैठकबाट अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको हो  ।

 संचालकर अग्रवालले काक्तिक ४ गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका छन । नयाँ संचालक श्री विभोर कुमार अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको छ  ।

त्यसैगरि असोज ४ गतेबाट लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा  नियुक्त गरेको  संस्थाले जनाएको छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत रहनु भएको छ । 

नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका  चालिसे  २०६५ चैत ३  गते एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गरी आएका छन ।  चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन भने चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ  ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस