aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर ३ गते, ८ अर्बको आईपीओ पास होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर ३ गते, ८ अर्बको आईपीओ पास होला ?

काठमाडौं । नेपालको पहिलो र एक मात्रै पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते आफ्नो साधारणसभा गर्ने भएको छ । बैंकले साधारण शेयर(आईपीओ) निष्कासन गर्ने पस्ताव सभाममा लैजाने छ । 

 २० अर्ब रुपैयाँ जारी पुँजी रहेको बैंकको  ८ अर्ब रुपैयाँ (जारी पुँजीको ४० प्रतिशत) को साधारण शेयर जारी गर्ने बैंकले जनाएको छ। यसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ । सरकारको १० प्रतिशत शेयर लगानी भएको बैंकमा बाँकी सबै लगानी निजी क्षेत्रको छ। ठूला पुर्वाधार परियोजनामा लगानी गर्नका लागि बैंक खोलिएको हो।

बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापककातर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहने छ । बैंकमा सरकारसहित विशाल ग्रुप, लक्की ग्रुप, आईएमई, मुरारकालगायत तीन दर्जन उद्योगी तथा व्यवसायी तथा समूह, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । साथै, बैंकमा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषको समेत शेयर रहेको छ । 

प्रतिक्रिया दिनुहोस