
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनरकर्जा र सहूलियतपूर्ण कर्जा एक अर्ब ७६ करोड लगानी भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आवको २ महिनाको तथ्यांकमा २०७७ भदौ मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा १ अर्ब ७६ करोड रुपैयाँ लगानीमा भएको हो । यसमध्ये साधारण पुनरकर्जा ७३ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण प्रदान गरिएको पुनरकर्जा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
भदौमसान्तसम्ममा ३६ हजार १८१ जना ऋणीले सहुलियतपूर्ण कर्जा बापत ६४ अर्ब ९५ करोड रुपैयाँ कर्जा बक्यौता गरेको राष्ट्र बैंकले बुभबार सार्वजनिक गरेका तथ्यांकमा उल्लेख छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २५,५८९ ऋणीलाई प्रवाह भएको ५७ अर्ब ४४ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १०,५९२ ऋणीको ७ अर्ब ५२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
प्रतिक्रिया दिनुहोस