
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको वित्तीय स्थायित्व सुदृढीकरण नीतिका कारण बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने/प्राप्ति शुरु भएदेखि १५७ वटा वित्तीय संस्थाहरु घटेर ५० वटा भएका छन् ।
सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ भदौमसान्तसम्म कुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएको राष्ट्र बैंकले जारी गरेको २ महिनाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै,कुल ७५३ स्थानीय तहमध्ये २०७७ भदौसम्म ७४७ तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका छन् । २०७६ भदौसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ भदौमसान्तमा १४९ कायम भएको छन् ।
प्रतिक्रिया दिनुहोस