aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुमारी बैंकले पनि घोषणा गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
कुमारी बैंकले पनि घोषणा गर्यो लाभांश

 काठमाडौं । कुमारी बैंकले यस वर्ष शेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ ।

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकले शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् । 

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ । गत असार मसान्तसम्म बैंकले रू. १ अर्ब २२ करोड ६५ लाख ५९ हजार खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ७१ करोड २८ लाख ८३ हजार थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी बैंकको लाभांशमा भने बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस