
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लुम्बिनी प्रदेशका योजना आयोगका पुर्व उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु प्रसाद पौडेलका प्रमुख आर्थिक सल्लाहकार नियुत्त भएका छन् ।
प्रदेश ५ को योजना आयोग उपाध्यक्षबाट राजीनामा थिए । मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैंकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैङ्क नै फर्केका थिए।
डा श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो। श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस