aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा पठाउदा क्यासव्याक पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा पठाउदा क्यासव्याक पाइने

काठमाडौं । माछापुच्छ्रे बैकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिनआग्रहगर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम एक सय रुपैयासम्म क्यासव्याक दिने भएको हो ।

 विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । क्यासव्याक प्राप्त गर्न ग्रांहकहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा राख्नु पर्ने हुन्छ । 

 उक्त क्यास व्याक पूूर्णिमापछि ग्राहकहरुको खातामा सिधै रकम जम्मा हुुने बैंकले जनाएको छ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २ सय रुपैयाँ वा सोभन्दा वढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ । स्मार्ट बैंक–माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ । 

बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिने बैंकले जनाएको  छ । 
 

प्रतिक्रिया दिनुहोस