aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको १२५ प्रतिशत हकप्रद प्रयोजनका लागि बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद पछिको शेयरमूल्य प्रतिकित्ता  १८९ रुपैयाँ तोकेको हो । नेपाल फाइनान्सले हकप्रद प्रयोजनका लागि कात्तिक ६ गते एक दिन बुक क्लोज गरेको छ । 

कात्तिक ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्री गर्ने तयारी गरेको हो । हालसम्म कम्पनीले विक्री खुला हुने मिति भने तय गरेको छैन् ।

यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी २२ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस