aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर किन्ने विहीबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर किन्ने विहीबार अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने गरी १ लाख १० हजार कित्ता संस्थापक शेयर असोज विक्री खुला गरेको हो । कम्पनीले न्यूनतम प्रतिकित्ता ७२५ रुपैयाँ मा उक्त शेयर विक्री खुला गरको हो ।

 यसर्थ यो शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान कम्पनीका संस्थापकहरु वा जो कोही व्यक्ति ,कम्पनी , संघ, संस्थाहरुले कात्तिक ६ गतेभित्र गोप्यशिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

यो शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बुझाउनुपर्नेछ । प्राप्त बोलपत्र कात्तिक १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । 
 

प्रतिक्रिया दिनुहोस