aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सको हकप्रद भर्ने विहीबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
समृद्धि फाइनान्सको हकप्रद भर्ने विहीबार अन्तिम दिन

काठमाडौं । असोज १६ गतेदेखि विक्री खुला भएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत हकप्रद शेयर भर्ने कात्तिक ६ गते (बिहीबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ११ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ को अनुपातमा  ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । 

यो हकप्रद विक्री गर्न कम्नपीले नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको थियो । हकप्रद प्रयोजनका लागि भदौ १२ गते बुक क्लोज गरेको कम्पनीको हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी  १८ करोड १९ लाख ८० हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस