_20201022154524.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । बैंककाग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशंैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले दशैंको दिनदेखि द्वादशी सम्मतिन पटक गरी रु ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी दक्षिणा पठाउँदा बिबरणमा भने “दक्षिणा” भनि खुलाउन पर्ने छ । महान चाड दशैंलाई लक्षितगरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । साथै कोभिड १९ को त्रास अमmै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुबिधा प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस