aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मेगा बैंक नेपालको लिलामी शेयरको बाँडफाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
मेगा बैंक नेपालको लिलामी शेयरको बाँडफाट

काठमाडौं । मेगा बैंकले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर कात्तिक ५ गते बाँडफाँट गरेको छ । मेगाले असोज ११ देखि १८ गतेसम्म संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

 मेगाले तीन वर्षअघि ६५ प्रतिशत हकप्रद विक्री खुला गर्दाका समय वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गरेको हो । यो शेयर विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयर बाँडफाँटमा नपरेको पैसा सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिदिने कम्पनीले जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस