
काठमाडौ. । छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
विद्यमान संस्थापक शेयरधनीलाई प्राथकिता दिर्नुपर्ने व्यवस्था बमोजिम यो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई बिहीबारदेखि ३५ दिन भित्र आवेदन पेश गर्न कम्पनीले भनेको छ ।
कम्पनीको केन्द्रिय कार्यालय मध्येबानेश्वर आइपुग्ने गरी निवेदन गर्न कम्पनीले अनुरोध गरेको छ । संस्थापक शेयर खरीद गर्न तोकिएको समयमा निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य ब्यक्तिहरुलाई यो शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस