_20201022171228.jpg)
काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । विहीबार भक्तपुरको सिपाडोल वडा नं ८, सूर्यविनायक स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई उक्त रकम हस्तान्तरण गरेको हो । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् ।
नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको थियो ।
गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।
साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस