aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

१० प्रतिशत बोनस शेयर पास गर्न सानिमा बैंकले डाक्यो साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
१० प्रतिशत बोनस शेयर पास गर्न सानिमा बैंकले डाक्यो साधारणसभा

काठमाडौं । सानिमा बैंक लिमिटेडले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी १६ औँ वार्षिक साधारण सभा डाकेको छ । सो लाभांश प्रस्ताव पारित गर्न  बैंकले कात्तिक २८ गते, आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११.०० बजे साधारणसभा बोलाएको हो ।

सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।

विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस