
काठमाडौं । हालसम्म करिब चार दर्जन कम्पनीहरुको लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ गरेको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ भने अन्य कम्पनीको लाभांश ३० प्रतिशतभन्दा कम रहेको छ ।
हालसम्म ७ वटा बैंकले लाभांश वितरणको घोषणा गरेका छन्भ ने केही बैंकले लाभांश घोषणा गर्नको लागि साधारणसभा बोलाएका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये एनआईसी एशिया बैंकको अग्रणी स्थानमा रहेको छ भने सिटिजन इन्टरनेशनल बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । अन्य बैंकको लाभांश भने २० प्रतिशतभन्दा कम र १० प्रतिशतभन्दा बढी लाभांश दिने घोषणा गरेका छन् ।
हालसम्म बढी लाभांश घोषणा गर्नेको दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६.३२ र तेस्रोमा शिवम् सिमेन्टले २४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएकोे हो । २० कम्पनीले १० प्रतिशत धेरै लाभांश घोषणा गरेका छन् । घोषणा गरेका बैंकको यति दिँदैछन् लाभांश ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको केही समय अघि बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६÷ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ ।
सिटिजन इन्टरनेशनल बैंक
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको विहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अन्य कम्पनीको कति दिदैछन् लाभांश ?
सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजनाका इकाइधनीले ४ प्रतिशत लाभांश पाउने भएका छन् । सेञ्चुरी क्यापिटल र कुमारी क्यापिटलले पनि ४ प्रतिशत लाभांश घोषणा गरेको भएपनि सो संस्थामा सर्वसाधारणको लगानी नरहेकाले ग्लोबल आईएमई समुन्नत योजना नै हालसम्मको सबैभन्दा थोरै लाभांश घोषणा गर्ने कम्पनी बनेको छ ।
लाभांश घोषणा गरेका समता लघुवित्त, फस्ट माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, आशा लघुवित्त, आरएसडिसी, सानिमा इक्वीटी फण्ड, र शिवम् सिमेन्ट, नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स, कम्पनी शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस