aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेरोमाइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
मेरोमाइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड

काठमाडौं । मेरोमाइक्रोफाइनान्सको बोलकबोलमार्फत विक्री गरिएको शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण समूह तर्फको २ लाख ९ हजार ६४९ कित्ता शेयरका लागि जेठ ७ देखि १४ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । 

यो शेयर प्रतिकित्ता  ५१० रुपैयाँ मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई जेठ २७ गते बाँडफाँट गरिएको हो । दोस्रो बजारमा यस कम्पनीको शेयर प्रतिकित्ता ५६८ रुपैयाँसम्म कारोबार भईरहेको छ । दोस्रो बजारभन्दा कम मूल्यमा लिलामीमा आएका शेयर खरिद गर्न पाउने हुँदा यस तर्फपनि लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ ।

बाँडफाँटमा नपरेका आवेदकहरुको रकम भुक्तानी जेठ २८ गतेदेखि सिधै बैंक खातामा रकमान्तर गरिने हुँदा बैंक खाता उल्लेख नगरेका आवेदकहरुलाई तीन दिनभित्र विक्री प्रबन्धकको कार्यालयमा उपलब्ध गराईदिन आग्रह गरिएको छ । विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस