aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हालसम्म ४० वटा कम्पनीले लाभांशको विवरण सार्वजनिक गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० कार्तिक २०७७
हालसम्म ४० वटा कम्पनीले लाभांशको विवरण सार्वजनिक गरे

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लागि नेपाल स्टक एस्क्चेञ्ज(नेप्से)मा सुचिकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्न थालेका छन । हालसम्म ४० वटा कम्पनीहरुले आर्थिक वर्ष २०७६।७७ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । 

महामारीका कारण अधिकांश कम्पनीहरुको सञ्चालक समिति बस्न सकेको छैन भने, अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण समेत प्रकाशित गर्न बाँकी हरेको छ । केन्द्रीय बैंकले  कोभिडका नियमित क्रियाकलापमा परेको असरका कारण वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप गरेको छ । कारण कम्पनीहरुले घोषणा गरेको लाभांश नियामक निकायको अनुमति अनि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र लगानीकर्तामा वितरण हुने गर्दछ ।

आर्थिक वर्ष २०७६/७७ मा आर्जित मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये १६ वटा म्युचअल फण्ड रहेका छन् । सात वटा म्युचुअल फण्ड, पाँच वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, ७ वटा वाणिज्य बैंक रहेका छन् भने बहुराष्ट्रिय कम्पनी युुनिलिभर नेपाल, नेपाल ल्यूव, शिवम् सिमेन्ट र केयर रेटिङ नेपालले पनि लाभांश घोषणा गरिसकेको छ । एक जलविद्युत कम्पनी रहेको छ । 

बाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको केही समय अघि बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६÷ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएको छ ।

त्यसैगरि, सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश  दिने भएको छ  । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको विहीबार बसेको ३६४ औं बैंठकले  आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अन्य कम्पनीको लाभांश ?

सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजनाका इकाइ धनीले ४ प्रतिशत लाभांश पाउने भएका छन् । सेञ्चुरी क्यापिटल र कुमारी क्यापिटलले पनि ४ प्रतिशत लाभांश घोषणा गरेको भएपनि सो संस्थामा सर्वसाधारणको लगानी नरहेकाले ग्लोबल आईएमई समुन्नत योजना नै हालसम्मको सबैभन्दा थोरै लाभांश घोषणा गर्ने कम्पनी बनेको छ ।

लाभांश घोषणा गरेका समता लघुवित्त, फस्ट माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, आशा लघुवित्त, आरएसडिसी, सानिमा इक्वीटी फण्ड, र शिवम् सिमेन्ट, नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स, कम्पनी शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउने देखिन्छ ।

लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रसताव गरेको छ । हालसम्म कुनै पनि विकास बैंकले आर्थिक वर्ष २०७६र७७ को लागि लाभांश प्रस्ताव गरेका छैनन् । 

 सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले लाभांश दिने भएको छ । पावर कम्पनीले २२ प्रतिशत नगद लाभांस वितरण  गरेको हो । कम्पनीले १६ करोड रुपैयाँ नगद बराबरको लाभांश वितरण गरेको छ । 

कम्पनीले गत चारवर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । यो पावर चाइना र चितवनको कोइ समूहअन्तर्गत सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको सिनो हाइड्रो आयोजना हो। 

प्रतिक्रिया दिनुहोस