aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी भए

काठमाडौं । राष्ट्र बैंकको व्यवस्थापनले पाँच जना निर्देशकलाई कायममूकायम कार्यकारी निर्देशकको जिम्मा दिएको छ । यो निर्णय आज (मंगलबार) बाट लागु हुने व्यवस्थानपनले जनाएको छ ।

राष्ट्र बैंकमा कार्यरत ५ जना कार्यकारी निर्देशकले ३० वर्षे सेवा अवधिका कारण अवकास पाएसँगै पदपुर्तिका लागी ५ जना निर्देशकलाई कामूको जिम्मेवारी दिएईए हो ।

निर्णय अनुसार नरेश शाक्यले बैकिङ कार्यालय, सुमनकुमार अधिकारीले राष्ट्र ऋण व्यवस्थापन, प्रकाशकुमार श्रेष्ठले लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्था नियमन विभाग र सरिता भट्टले विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

  •  

प्रतिक्रिया दिनुहोस