
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको हो र राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७३ दिन अवधिको लागि उक्त राख्ने जनाएको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने जनाएको छ ।
उक्त रकम राष्ट्र बैंकले २०७७ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कार्तिक १६ गतेसम्ममा बोल कबोल पेश गनुपर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस