aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरधनीले पाउने भए ११.८४ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरधनीले पाउने भए ११.८४ प्रतिशत लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

बैंकले आफ्ना शेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतका लागि पठाउने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस