aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिक १३ गते देखि उक्त व्यवस्था ल्याएको हो ।

क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । आवेदनपछि क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपछि ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेस गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस