
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र कात्तिक १६ गते खोल्ने भएको छ । कम्पनीले विहान ११ बजे विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बोलपत्र खोलिने जानकारी दिएको हो ।
यस अघि कम्पनीले कम्पनीले कात्तिक १८ गते अपरान्ह ३ बजे बोलपत्र खोल्ने मिति तय गरेको थियो । कात्तिक १४ गते सुचना जारी गरी कम्पनीले बोलपत्र कात्तिक १६ गते खोलिने जानकारी गराएको हो ।
कम्पनीले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक समूहको शेयर लिलामीमा विक्री गरेको थियो । कोरोना महामारीका विच कम्पनीले स्वस्थ्य अवस्थालाई ध्यानमा राखेर शिलबन्दी बोलपत्र एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने जानकारी गराएको छ ।
कम्पनीले संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ तोकेको थियो । यो शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस