aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको शाखा लाहान र दुधेमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
सिभिल बैंकको शाखा लाहान र दुधेमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गरेको हो ।

शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि लगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस