aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओम शिव शक्ति बचत तथा ऋण सहकारीद्वारा रक्तदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ कार्तिक २०७७
ओम शिव शक्ति बचत तथा ऋण सहकारीद्वारा रक्तदान

पर्सा । वीरगञ्जमा महानगरपालिका वडा नं १४ मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र प्रकाश नगर टोल विकास कोषको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ जना महिला सहित १३० जनाले रक्तदान गरेका छन ।

 रक्तदान गर्नेहरूमा, बर्षा थापा मगर, ईलिजा न्यौपाने, रेजिना पुलामी, मेनुका श्रीवास्तव, लक्ष्मी देवी साह, उर्मिला देवी, अर्चना कुमारी साह, गीता देवी, कल्पना देवी, रूपा तिवारी,सन्तोष पटेल, मन्तोश पटेल, राकेश ठाकुर, अरुण कुमार साह, वर्षा थापा, ललन पटेल रहेका छन । 

रक्तदान कार्यक्रमको उदघाटन  प्रमुख अतिथी नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति जय कुमार दुबेदिले  ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्याक्ष अरुण साहलाई रक्तदान गरीने रक्तका पोका दिई गर्नुभएको थियो ।कार्यक्रममा मुस्लिम महिलाहरुको सहभागीता बढी देखिएको थियो । आफनो संस्किृतीको कदर गदै मुस्लिम महिलाहरु बुर्का बटै रक्तदान गरेका  थिए । 

रकार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसनका सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल, नेविसंघका वर्तमान उपाधयक्ष विकेश पटेल लगायत रहेका थिए । 

 

प्रतिक्रिया दिनुहोस