aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जिआइसि, नेपाल र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
जिआइसि, नेपाल र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र  सिद्धार्थ बैंक लिमिटेड  बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । 

इन्स्योरेन्स तथा बैङ्क बीच मंंगलबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

बैङ्कका  सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
 

प्रतिक्रिया दिनुहोस