
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष ५ दशमलव ४० प्रतिशतले नाफा घटेको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ५८ करोड १८ लाख २३ हजार खुद नाफा गरेको यो बैंकले यस वर्ष सोहि अवधिसम्म रू. ५५ करोड ४ लाख १९ हजार मात्र खुद नाफा गरेको हो ।
यस वर्ष सञ्चालन नाफा भने साढे २७ प्रतिशतले बढेको छ । गत वर्ष रू. ६१ करोड ४ लाख ६१ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष भने रू. ७७ करोड ८९ लाख २३ हजार सञ्चालन नाफा गरेको हो । यो वर्ष ट्याक्स बढी तिर्दा बैंकको नाफा घटेको देखिन्छ ।
हाल बैकको चुक्तापूँजी रू. ११ अर्ब २८ करोड २८ लाख २० हजार छ । चुक्तापूँजीमा कुनै परिवर्तन देखिएको छैन भने बैंकको जगेडा कोष रकम ५ दशमलव ४८ प्रतिशत बढेर रू. १३ अर्ब ६९ करोड ६६ लाख ४५ हजार कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म बैंकको जगेडा कोष रकम रू. १२ अर्ब ९८ करोड ५४ लाख ३५ हजार थियो ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १९ करोड ६४ लाख ६४ हजार रहेको छ । रेगुलेटरी रिजर्भमा यस वर्ष बैंकले रू. २३ करोड ८४ लाख १७ हजार छुट्याएको छ । पहिलो त्रैमासमा आफ्ना ग्राहकहरुबाट रू. १ खर्ब ४५ अर्ब ४६ करोड ९३ लाख ७२ हजार निक्षेप संकलन गरेको यस बैंकले रू. १ खर्ब ७ अर्ब ४ करोड ५६ लाख १४ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव ७५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव शून्य २ प्रतिशत छ ।
आधार व्याजदर गत वर्ष ७ दशमलव ८४ प्रतिशत रहेकोमा यस वर्ष ८ दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. २७३ दशमलव ४९ छ । पहिलो त्रैमासमा बैंकले ३० दशमलव ८७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस