aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नेपाल फाइनान्स र विशाल बजार कम्पनीको शेयरमूल्य किन बढ्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
नेपाल फाइनान्स र विशाल बजार कम्पनीको शेयरमूल्य किन बढ्यो ?

काठमाडौं । आइतवार घटेको बजारमा नेपाल फाइनान्स र विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । यी दुवै कम्पनीको शेयर खरिद माग उच्च हुदाँ मूल्यमा बृद्धि भएको हो ।

विशाल बजार कम्पनीले बजार मूल्यमा प्रभाव पार्ने कुनै सुचना सार्वजनिक भएको छैन् भने नेपाल फाइनान्सले आइतवारनै १२५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने मिति सार्वजनिक गरेको हो । नेपाल फाइनान्सले मंसिर ४ गतेदेखि १२५ प्रतिशत हकप्रद विक्री गर्ने मिति तय गरेको हो ।

नेपाल फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर २७५ रुपैयाँ र बिशाल बजार कम्पनीको १ हजार ९३६ रुपैयाँ पुगेको हो । आइतवार कारोबारको पौने दुई घण्टाको अवधिसम्म नेपाल फाइनान्सको २९ हजार ८८ कित्ता र विशाल बजार कम्पनीको ७ हजार ४२९ कित्ता शेयर खरिद गर्ने माग रहेको छ । यी दुवै कम्पनीको यस अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस