aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सारथी लघुवित्तको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
सारथी लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । सारथी लघुवित्तको शेयर कारोबार कात्तिक १६ गतेदेखि फुकुवा भएको छ । यस कम्पनीले नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी मर्जरपश्चात कायम शेयर सूचीकृत गराएपश्चात कारोबार फुकुवा भएको हो । 

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर कात्तिक १६ गते सूचीकृत भएको हो । साविकका नयाँ नेपाल लघुवित्तका शेयरधनीहरुले सोमबारदेखि सारथी लघुवित्तको नामबाट शेयर कारोबार गर्न सक्नेछन् । यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गरी मर्जरमा गएका हुन । यी दुई लघुवित्त एक भई असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
 

प्रतिक्रिया दिनुहोस