aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

काठमाडौं । मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्थानमा छुटको विषेश अफर सार्वजनिक गरेको  छ ।  बैंकका ग्राहकले काठमाडौंको व्लुक्रस अस्पतालमा १० प्रतिशत,धुलिखेल माउटेन्ट रिसर्टमा १० प्रतिशत, स्तुपा रिसर्ट नगरकोटमा १५ प्रतिशत जम्बाला रिसर्ट खोटाङमा १५ प्रतिशत छुट पाउने व्यबस्थामा सम्झौता भएको बैंकले जनाएको छ । 

त्यस्तै, ल्याण्डमार्क होटल पोखरा, काठमाडौं र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंको रेष्टुरेष्टमा १५ प्रतिशत, दवकर्नर सुन पसल काठमाडौंमा ३० प्रतिशतसम्म छुट पाउने व्यबस्था गरेको बैंकले जनाएको छ ।  

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गकारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंक विश्वास लिएको जनाएको छ ।  
 
साथै बैंकको ग्राहकले भिषा नेवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस