
काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।
ह्याम्स हस्पिटलसँग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेका छन् ।
अब सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस