
काठमाडौं । मर्जर प्रकृया पुरा गरी पहिलो कारोबार सुरु भएको सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सोमबार ९ दशमलव ९५ प्रतिशत बढेको छ । तेस्रो घण्टाको कारोबार अवधिसम्म यस कम्पनीको शेयरमा खरिद चाप देखिएको छ ।
कम्पनीको २६ हजार ११३ कित्ता शेयर खरिद गर्ने माग रहेको हो । यो अवधिसम्म कम्पनीको शेयर विक्री गर्ने कोहि देखिएका छैनन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३ रुपैयाँले बढेर ९१७ रुपैयाँ पुगेको हो ।
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एक भएर सारथी नेपाल लघुत्तिको नामबाट शेयर कारोबार कात्तिक १७ गतेदेखि सुरु भएको हो । मर्जर पश्चात कायम भएको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर कात्तिक १६ गते सूचीकृत भएको हो । यी दुई लघुवित्त एक भई असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
प्रतिक्रिया दिनुहोस