aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जर सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जर सम्पन्न

काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । घोराही दाङमा केन्द्रिय कार्यालय रहेर सेवा प्रवाह गरिरहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र पोखरा कास्कीमा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेडको मर्जर भएको हो । 

नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरको अन्तीम स्वीकृती पत्र आईतवार प्रदान गरेको छ । मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक सघुवित्त वित्तीय संस्था लिमीटेड रहने छ ।     

मर्जरसँगै घ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताउनु भयो । महिला सामुदायिक र जाल्पा लघुवित्तको मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने छ । दुबै लघुवित्तको लगानीमा रहिरहेको ऋण रकम ३ अर्ब २२ करोड र बचत २ अर्ब रहेको छ । 

राष्ट्रिय स्तरको घ वर्गको लघुवित्त वित्तीय संस्था बनेसँगै सदस्यहरुलाई प्रवाह गर्ने सदस्यहरुलाई प्रदान हुने सेवामा पनि विस्तार हुने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताउनु भयो  । यसका साथै ट्याब्लेट बैंकीङ, एसएमएस बैंकीङ, बित्तिय साक्षरता, सदस्यहरुको उद्यमशीलता पर्वद्र्धन सेवाहरुको पनि विस्तार गरिने योगीले बताउनु भयो  ।  
  
 

प्रतिक्रिया दिनुहोस