
कात्तिक १७, काठमाडौं । सोमबार शेयर बजारमा २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस दिन १९७ कम्पनीको उक्त रकम बराबरको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर किनबेच भएको हो । यो दिन कारोबारमा सर्वाधिक हिस्सा भने प्राइम कमर्सियल बैंकले ओगटेको छ । प्राइम कमर्सियल बैंंकको १२ करोड ४० लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यो दिन बैंकको शेयरमूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेर अन्तिम मूल्य ३४५ रुपैयाँ पुगेको छ ।
सोमबार बजार भने ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा बन्द भएको छ । घटेको बजारमा विशाल बजार कम्पनी , सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रो पावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको ९ दशमलव ९७ प्रतिशत, सारथी नेपालको ९ दशमलव ९५ प्रतिशत, गुराँस लघुवित्तको ९ दशमलव ९४ प्रतिशत र शिवश्री हाइड्रोको ९ दशमलव ६६ प्रतिशतले मूल्य बढेको हो ।
सोमबारको कारोबारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यो दिन लघुवित्तको पनि २ दशमलव ३९ प्रतिशतले परिसूचक बढेको हो । कारोबारमा आएका १२ समूहमध्य बैंकिङको शून्य दशमलव ८८ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य १ प्रतिशत, अन्यको शून्य दशमलव ३१ प्रतिशत र जीवन बीमाको शून्य दशमलव १ प्रतिशतले परिसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस