
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि नयाँ आवेदन मागेको डेढ महिना बितिसक्दा एउटा पनि आवेदन परेको छैन् । बोर्डले बैशाख ११ मा कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको थियो । त्यसअघि परेका पाँचओटा आवेदन अस्वीकार गर्दै बोर्डले नयाँ आवेदन खुला गरेको थियो ।
बोर्डबाट यसअघिको आवेदन अस्वीकृत भएका कमोडिटिज फच्युर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेड, नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटिज (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) मध्ये कुनै कम्पनीले पनि अहिले आवेदन दिएका छैनन् ।
तीमध्येका केही कम्पनीले बोर्डविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । नयाँ आवेदन दिने अवधि असार ११ सम्म छ । केही कम्पनीले भने अन्तिम समयमा पनि आवेदन दिन सकिने बताएका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस