aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बैंकर तथा उद्योगी सूर्यबहादुर केसीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
बैंकर तथा उद्योगी सूर्यबहादुर केसीको निधन

काठमाडौं । रारा चाउचाउका संस्थापक सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् । 

युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ ।

केसी माछापुच्छे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए ।  उनी नेपाली काँग्रेसका समानुपातिक  तर्फका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको उनका परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस