aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ज्योति विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
ज्योति विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण

काठमाडौं । ज्योति विकास बैंकको ३ दशमलव ३५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ । कम्पनीले शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्न संस्थापकतर्फको स्वामित्व कम गर्न लागेको हो । 

हाल कम्पनीको संस्थापकतर्फ ५४ दशमलव ३५ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ६५ प्रतिशत रहेको छ । यसका लागि सम्पूर्ण काम गर्ने जिम्वेवारी कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस